स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो, रोनाल्डोको अन्तिम विश्वकप भावुक अन्त्य – Sagarmathapana:: Online News Portal

स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरियो, रोनाल्डोको अन्तिम विश्वकप भावुक अन्त्य

   २०८३ असार २३ गते  

काठमाडौं।स्पेनसँग १–० को हार बेहोर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ बाट बाहिरिएको छ। यससँगै कप्तान Cristiano Ronaldo को विश्वकप यात्रा पनि भावुक रूपमा टुंगिएको छ। खेल सकिएलगत्तै मैदानमै आँसु रोक्न नसकेका रोनाल्डोको दृश्यले विश्वभरका फुटबल समर्थकलाई भावुक बनाएको छ।

४१ वर्षीय रोनाल्डोले यसअघि नै २०२६ विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। स्पेनसँगको हारसँगै उनको विश्वकप उपाधि जित्ने सपना अधुरै रहे पनि उनले अन्तर्राष्ट्रिय फुटबलमा बनाएको कीर्तिमान, नेतृत्व र योगदानलाई विश्व फुटबलले सधैं सम्झिरहने विश्वास गरिएको छ।  

पोर्चुगलको हारसँगै एक युगको अन्त्य भएको भन्दै सामाजिक सञ्जालमा रोनाल्डोप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने समर्थकहरूको लहर चलेको छ। आफ्नो अन्तिम विश्वकपपछि रोनाल्डोले आफूले देशका लागि सधैं शतप्रतिशत दिएको र आफ्नो करियरप्रति गर्व रहेको प्रतिक्रिया दिएका छन्।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै