बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक,पारिवारिक कथावस्तुको झल्को – Sagarmathapana:: Online News Portal

बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक,पारिवारिक कथावस्तुको झल्को

   २०८३ असार २३ गते  

काठमाडौं।आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाः एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार दुई फरक पोस्टर सार्वजनिक गर्दै चलचित्रको पारिवारिक भाव र कथावस्तुको संकेत दिएको हो।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा देखिएका छन्। पहिलो पोस्टरमा परिवारका सदस्यहरू घरको आँगनमा सामूहिक तस्बिर खिचाइरहेको दृश्य प्रस्तुत गरिएको छ, जहाँ सबै कलाकार हाँसिलो मुद्रामा देखिन्छन्।

पोस्टरमा रातो माटोले लिपपोत गरिएको घर, दसैँको माहोल झल्काउने परिवेश र परिवारसँगै रहेको कुकुरले नेपाली पारिवारिक जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। पात्रहरूको पहिरन र परिवेशले मध्यमवर्गीय नेपाली परिवारको कथा समेटिएको संकेत पनि गर्छ।

निर्माण पक्षका अनुसार चलचित्रले परिवार, सम्बन्ध, त्याग र संघर्षलाई केन्द्रमा राखेर कथा अघि बढाउनेछ। सार्वजनिक पोस्टरले दर्शकमाझ चलचित्रप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमले लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै