मुन बिम एकेडेमीको नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
काठमाण्डौ। मुन बिम एकेडेमीले कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ।
उदयपुर जिल्ला बेलाका नगरपालिका वडा न. ८, सोमबारेमा रहेको बेलाका ब्रिज रिसोर्टमा बराहक्षेत्र-५ स्थित मुनबिम एकेडेमी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम तथा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई उच्च शिक्षाको शुभकामना र बधाई कार्यक्रम आयोजना गरेको थिय कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन प्रस्तुतगरी मनोरञ्जन प्रदान गरेका थिए। सोहि कार्यक्रम अथितिका रुपमा आउनुभएकी चतरा साहित्यिक मञ्चकी अध्यक्ष दीपा मग्रातीले आफ्ना कविताहरु वाचन गरेकी थिइन् । . त्यस्तै चतराबाट भर्खरै उदयमान हुदै गरेका बालगायक राजेश परियारले भर्खरै मात्र सार्वजनिक गरिएको मनमा माया थियो भने लुकाएर हिड़ेउ किन…………….. र हिडिजाने बटुवाको भरहुन्न भन्ने दुईवटा गीतहरु प्रस्तुति गरेका थिए ।













