पुर्वका बिद्यालयहरुमा अभिनय कला स्थापित गराउदै दिनेश सर – Sagarmathapana:: Online News Portal

पुर्वका बिद्यालयहरुमा अभिनय कला स्थापित गराउदै दिनेश सर

   २०८१ भाद्र ३० गते  

काठमाडौ ।  अभिनय कला सिक्न र सिकाउन, बुझ्न र बुझाउन एक भरपर्दो ‘द स्किल अफ एक्टिङ’ नामक पुस्तक तयार पारी बजारमा ल्याउने लेखक  तथा बिगत १५ बर्षदेखि निरन्तर अभिनय कला प्रशिक्षण गराइ रहेका अग्रज प्रशिक्षक हुन, दिनेश सर अर्थात दिनेशराज शर्मा ।

हुनत उनलाइ ऐले धेरैले एक्टिङ सर भनेर पनि चिन्ने गरेका छन ।

पुर्वी जिल्लाका विभिन्न बिद्यालयहरुमा धेरै अघि देखि नै नृत्य , सङीत , र खेलकुदका बिबिध आयामहरु अतिरिक्त क्रियाकलापको रुपमा प्रशिक्षण गराइन्थ्यो । उनले २०५६ सालमा आफै संचालक भएको झिलझिले स्थित पशुपती एकाडेमीमा नाटक सिक्ने विद्यार्थीहरुलाइ अभिनय प्रशिक्षण दिन सुरु गरे । आफुले अभिनय सिकाएका विद्यार्थीहरुलाइ नाटकमा र कसैलाइ त्यो बेला उनी आफैले बनाएका भिडियो चलचित्रहरुमा अभिनय गराउथे उनी । बिद्यालयमा नृत्य र सङीत सगै अभिनयकला पनि अतिरिक्त क्रियाकलापको रुपमा राख्न सकिन्छ भन्ने अवधारणा त्यही बेला बनाएका उनी २०५८ सालमा पुन काठमाडौ आइ हात्तिगौडाको एक स्कुल मा अध्यापन सगै अभिनय सिकाउन सुरु गरे  तर उनको यात्रा अचानक टेलिभिजनका सिरियल तर्फ बढयो । केही बर्ष उनले नेपाल टेलिभिजनका विभिन्न सिरियलहरुमा मुख्य सहायक निर्देशक हुँदै कलाकार,  निर्देशक र निर्माताको रुपमा बिताए । लक्ष्मिनाथ शर्मा, रमेश बुढाथोकी, कृष्ण मल्ल, उमेशनाथ अर्याल , किशोर रानाहरु जस्ता अग्रज निर्देशकहरुको निर्देशन सहयोगी भै काम गरि सकेका उनले पछि आफ्नै लेखन र निर्देशनमा केही चलचित्रहरु पनि बनाए ।

सानै देखि कबिता र गीत लेखनमा रुचि राख्ने उनले २०६० साल ताका सोलो गीतकार को रुपमा ‘यादभरी तिमी’ र ‘ओजस्वी’ नामक गीति एल्बम पनि निकालेका थिए । त्यसो त  उनले लेखेका गीतहरु ऐले सम्म सपना श्री, आभा मुकारुङ, प्रमोद खरेल, राजेजपायल राई, अन्जु पन्त, मनिशा पोखरेल, प्रबिशा अधिकारी , सन्जय तुम्ब्रोक लगायत मेलिना मैनाली, एलिना चौहान , पुर्ण सुनार आदि नया पुराना गायक गायिकाले स्वर भरी सकेका पनि छन ।

दिनेशको विशेष रुचि लेखन मै भएकोले पनि उनि पछिल्ला दिनहरुमा चलचित्र हरु भन्दा पनि नाटक लेखन मै रमाउन थालेका छन । उनी बालबालिकासग छिटो घुलमिल हुदा रहेछन । बाल मनोबिज्ञानमा आधारित  तीन वटा बाल चलचित्रको लेखन निर्देशन गरिसकेका उनी पछिल्लो समय बालबालिकालाइ  रङ्गमञ्च तर्फ आकर्षित गरिरहेका छन । उनी भन्छन, “रङ्ग , बिम्ब र प्रकाश सग बाल मनोभाव बहदा इश्वरिय आभास महसुस हुन्छ ।”
सुबिधा सम्पन्न नाटकघरको अभावको कारण अझै पनि विभिन्न संघ सस्थाको सभा हल भाडामा लिएर नाटक मञ्चन गर्नु पर्ने तितो यथार्थ हुदाहुदै पनि  उनी कहिले पनि निरास देखिएनन , भन्छन “ब्ल्याक बक्स उत्कृष्ट  कलात्मक  मञ्च हो तर हाम्रो थियटिकल  अभिनय कलाको मञ्च सर्वोब्यापी छ ।

।”

२०७२ सालको महा भुकम्प पछि उनी काठमाडौ बाट  झापा बस्न सुरु गरे । सोहि साल झापाको एक बिद्यालय ‘ चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका प्रिन्सिपलसगको भेट पछि अब झापाका बिद्यालयहरुमा पनि नाटक र अभिनय कलालाइ अतिरिक्त क्रियाकलापको रुपमा अघि बढाउने र सो कार्यको लागि आधारभुत अभिनय कला को पुस्तक नै तयार पार्ने सल्लाह पछि उनले अभिनय कलाको एक सानो पुस्तिका तयार पारेका रहेछन । आज ८ बर्ष पछि सोही पुस्तिका ‘ द स्किल अफ एक्टिङ’ नामक पुस्तकको स्वरुपमा ग्रेस थियटर नेपालले  बजारमा ल्याइ पनि सकेको छ ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कुल, बि पि एस स्कुल, र देबभुमी स्कुल हुँदै उनले  एभरेस्ट दमक, बिराटज्योती, नबोदय, वाल्मीकि , देबकोटा , बेल्स मोडेल, बिष्णु भगवती स्कुल, एम्स एकाडेमी , एमिटी एजुकेसन फाउन्डेसन, श्री  हरिकुल र मेची इङ्लिश स्कुल मा अभिनयकला लाई अतिरिक्त क्रियाकलापको एक आयाम बनाएका दिनेश हाल हप्ताको ६ दिन नै विभिन्न बिद्यालयमा नाटक र थियटिकल अभिनय प्रशिक्षण गराउदछन ।
कोभिड महामारिको समयमा उनले अनलाइन भिडियो मार्फत अङ्रेजी भाषा को माध्यमबाट अभिनय प्रशिक्षण गराउदा अन्य देशका केही ब्यक्तिहरुको समेत प्रशंसा पाए पछि र नेपालका केही अङ्रेजी बिद्यालयका विद्यार्थीहरुको माग बमोजिम नै उनले तयार पारेको पुस्तक ‘द स्किल अफ एक्टिङ’ अङ्रेजी भाषामा प्रकाशन गर्नु परेको कुरा दिनेशराज शर्मा ले बताए ।
एम.ए. सम्मको अध्ययन गरेका दिनेश बिहान कलेज पढाउछन, दिउँसो स्कुल अनि बेलुका नाटक लेखन र प्रशिक्षण ।
उनका अन्य सहायक हरु  पनि विभिन्न बिद्यालयहरुमा अभिनय प्रशिक्षण नै गराउछन । हाल झापाका थुप्रै बिद्यालयहरु अभिनय कला अध्यापन गराउन  इच्छुक भए पनि प्रसस्त अभिनय शिक्षक प्रशिक्षक  हिजोआज थुप्रै बाल नाटक महोत्सवको आयोजना हुन थालेकोमा धेरै खुशी देखिए दिनेश ।
भारत सिक्किम मा जन्म लिएका  झापा गरामनी का दिनेश ऐले स्थाइ रुपमा बिर्तामोडमा बस्छन । उनी ‘ ग्रेस थियटर नेपाल’ मा आबद्ध छन ।  पुर्वी नेपालका अन्य थुप्रै बिद्यालयहरुमा नाटक र अभिनय कला लाई स्थापित गराउन हरदम लागि परेका दिनेशराज शर्मा र पुस्तक ‘द स्किल अफ एक्टिङ’ लाई शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै