संसार राईको स्वरमा ‘मेरी सानी छोरी कायरा’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

संसार राईको स्वरमा ‘मेरी सानी छोरी कायरा’ सार्वजनिक

   २०८३ जेष्ठ १७ गते  

काठमाडौं।गायक संसार राईको स्वरमा रहेको नयाँ गीत ‘मेरी सानी छोरी कायरा’ सार्वजनिक गरिएको छ। गीतमा एसके बोम्जनको शब्द तथा संगीत रहेको छ भने सुमन राईले एरेञ्ज गरेका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन् भने रेकर्डिङ सुभाष राईले गरेका छन्। गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ।

भिडियोमा कायरा गुरुङ, पवन गुरुङ र जलुकुमारी पुन गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन स्वयं एसके बोम्जनले गरेका हुन्। त्यसैगरी रविन्द्र न्यौपानेले छायांकन तथा ड्रोन सञ्चालन गरेका छन् भने अनिलकुमार महर्जनले दृश्य सम्पादन गरेका छन्।

उक्त गीतको भिडियो पिजेके युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै