मिस टुरिजम इन्टरनेशनल नेपाल–२०२६ को आवेदन खुला, सहभागिताका लागि आह्वान
काठमाडौं।Raising from the root promote tourism to the top.’ भन्ने नारासहित ५औँ मिस टुरिजम इन्टरनेशनल नेपाल–२०२६का लागि आवेदन खुला गरिएको छ। आयोजक R.K. Entertainment Group ले प्रतियोगितामार्फत नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक युवतीहरूका लागि फारम पुनः खुला गरिएको र सीमित समय मात्रै बाँकी रहेकाले छिटो आवेदन दिन आग्रह गरिएको छ। आयोजकका अनुसार प्रारम्भिक छनोट प्रक्रिया छिट्टै सुरु हुने छ भने नियमित कक्षा बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिनेछ।


विजेताहरूले नगद रु ३ लाखसम्मको पुरस्कार प्राप्त गर्नेछन् भने अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर, कलीवुड फिल्ममा काम गर्ने अवसर, मोडलिङ तथा विज्ञापन सम्झौता, छात्रवृत्ति तथा भाषा कक्षा (IELTS/TOEFL) लगायतका विभिन्न अवसरहरू प्राप्त गर्नेछन्।


इच्छुकहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने थप जानकारीका लागि आयोजकसँग सम्पर्क गर्न सकिनेछ।
ठेगाना: बालाजु चोक–१६, काठमाडौं
सम्पर्क: ९८४३६३२०१६ / ९८२२३८२९३५
फारम शुल्क: रु ५००/-
आयोजकले “यस वर्ष नेपाललाई विश्वमा चिनाउने पालो तपाइँको” भन्दै प्रतिभाशाली सहभागीहरूको खोजी गरिरहेको जनाएको छ।












