युक्रेनमा रुसको भीषण हवाई हमला: ७००+ ड्रोन–मिसाइल प्रहार, १८ जनाको मृत्यु
काठमाडौं।Russia-Ukraine War अन्तर्गत जारी द्वन्द्वमा रुसले युक्रेनमाथि हालसम्मकै भीषण मध्येको एक हवाई आक्रमण गरेको छ। एकै रात ७०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार Odesa मा ९, Dnipro मा ५ र राजधानी Kyiv मा ४ जनाको ज्यान गएको छ। किएभका मेयर Vitali Klitschko ले आवासीय भवनहरूमा ठूलो क्षति पुगेको र उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिनुभएको छ। घाइते हुनेहरूमा स्वास्थ्यकर्मीहरू समेत रहेका छन्।

आक्रमणका कारण Mykolaiv र Kherson जस्ता सहरहरूमा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ। अघिल्लो साता अर्थोडक्स इस्टरको अवसरमा गरिएको अस्थायी युद्धविराम भंग भएसँगै युद्ध झनै उग्र बन्दै गएको देखिएको छ।
यता, रुसले पनि आफ्नो Krasnodar Krai क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणबाट एक बालकसहित दुई जनाको मृत्यु भएको दाबी गरेको छ।
सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको यो युद्धले युक्रेनका प्रमुख सहरहरूमा गम्भीर मानवीय संकट निम्त्याउँदै आएको छ। पछिल्लो आक्रमणपछि राजधानी किएभका मध्य भागहरूमा आगलागी र विस्फोटका दृश्यहरू देखिएका छन्, जसले युद्धको भयावहता पुनः उजागर गरेको छ।












