नागढुंगानजिक पहिरो खस्यो, दुईतर्फी राजमार्ग अवरुद्ध – Sagarmathapana:: Online News Portal

नागढुंगानजिक पहिरो खस्यो, दुईतर्फी राजमार्ग अवरुद्ध

   २०८१ भाद्र ५ गते  

काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ। पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिरनजिकै पहिरो खसेको हो । काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

नागढुंगामा खटिएको प्रहरीले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै  रोकेको छ ।

  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै