सुनको मूल्यमा नयाँ कीर्तिमान – Sagarmathapana:: Online News Portal

सुनको मूल्यमा नयाँ कीर्तिमान

   २०८१ भाद्र ५ गते  

काठमाडौँ । आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ ।
 मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ३५ निर्धारण भएको छ । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै