फिल्म ‘सतीदेवी’को प्रिमियर शो संपन्न शुक्रबारबाट प्रदर्शनमा आउने
काठमाडौं– लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को प्रिमियर शो गरिएको छ ।
कमलपोखरीस्थित एक हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकारहरूले तीन सयभन्दा बढी दर्शकसँग बसेर फिल्म हेरे ।
फिल्मका लेखकसमेत निर्देशक सुवेदी स्वयम् हुन् । दिलासा र साराको प्रस्तुति रहेको यस फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।फिल्म हेरेपछि अधिकांशले ‘समाजमा कायम लैङ्गिक असमानता’को घटना फरकशैलीमा पर्दामा प्रस्तुत गर्ने निर्देशक सुवेदी सफल भएको प्रतिक्रिया दिए ।
फिल्मको शीर्ष भूमिकामा रहेकी नायिका मलिका महतलाई पहिलो पटक ठूलो पर्दामा ग्रामीण क्षेत्रको किशोरीको भूमिका देख्न सकिन्छ । उक्त भूमिकालाई न्याय गरेको भन्दै मलिकाले बधाईसमेत पाइन् ।

प्रिमियरमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, कलाकार एवम् निर्देशक दीपाश्री निरौला, नायकहरू जयकिशन बस्नेत, सलोन बस्नेत, सलिनमान बानियाँ, नायिकाहरू मिरुना मगर, जान्बी बस्नेत लगायत उपस्थित थिए ।
यही फिल्म ‘सतीदेवी’मा मलिकासहित, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनिषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय छ ।












