राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने – Sagarmathapana:: Online News Portal

राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

   २०७८ श्रावण २६ गते  

 

काठमाडौँ। काठमाडौँ उपत्यकामा अब रातिको समयमा सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।

कोरोना संक्रमण बढेको भन्दै बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै