काठमाडौँका दुई स्थानमा गाडीमा आगजनी,निर्वाचन बिथोल्ने प्रयासको आशंका – Sagarmathapana:: Online News Portal

काठमाडौँका दुई स्थानमा गाडीमा आगजनी,निर्वाचन बिथोल्ने प्रयासको आशंका

   २०८२ फाल्गुन १९ गते  

काठमाडौँ।काठमाडौँका महाराजगन्ज र नैकाप क्षेत्रमा दुई वटा सवारीसाधनमा आगजनी गरिएको घटनाले स्थानीय क्षेत्र त्रसित बनेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बा.ए २८–३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा फेला परेको हो। महाराजगन्जको राजधानी पेट्रोल पम्प नजिकै भ्यानमा आगो लगाइएको थियो।

प्रहरीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बिथोल्ने उद्देश्यले सक्रिय समूहले आगजनी गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै