बेहुली फ्रम मेघौलीको तेश्रो गीत छड्के सलाम – Sagarmathapana:: Online News Portal

बेहुली फ्रम मेघौलीको तेश्रो गीत छड्के सलाम

   २०८१ भाद्र १ गते  

काठमाडौं, नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो । चलचित्रको यो तेश्रो गीत हो । जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालि प्रसाद बास्कोटा र बबीना किराँतीको स्वर छ ।

दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने छ । रिलिज नजिकिँदै गर्दा तेश्रो गीत पनि रिलिज गरिएको हो । यो चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का, बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको गीत रिलिज कार्यक्रममा दुईदेखि सिनेमा हलमा चलिरहेको टिजर पनि देखाइएको थियो । शुक्रबार सार्वजनिक सिनेमाको रत्यौली गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । https://youtu.be/u3L5tO04wXM?si=yJPGz42cao1pxeC4

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै