उदयपुरमा आजदेखि रेडबुल एन्फा महिला च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा गाईघाट एफसी र न्यु रोड टिम आमने सामने – Sagarmathapana:: Online News Portal

उदयपुरमा आजदेखि रेडबुल एन्फा महिला च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा गाईघाट एफसी र न्यु रोड टिम आमने सामने

   २०८२ फाल्गुन १ गते  

उदयपुर।फागुन १ गतेदेखि उदयपुरस्थित थारुहट रंगशाला मा रेडबुल एन्फा महिला च्याम्पियनसिप सुरु हुँदैछ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट एफसीन्यु रोड टिम बीच प्रतिस्पर्धा हुने भएको छ।

फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका १० वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। महिला फुटबलको विकास, खेलाडीको प्रतिभा उजागर तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताका खेलहरू दैनिक रूपमा सञ्चालन हुनेछन् भने स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले महिला फुटबलप्रति आकर्षण बढाउनुका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

#anfawomanchampionship

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै