अगष्ट २४मा गुरुङ चलचित्र ल्हाे हङकङमा प्रदर्शन हुँदै – Sagarmathapana:: Online News Portal

अगष्ट २४मा गुरुङ चलचित्र ल्हाे हङकङमा प्रदर्शन हुँदै

   २०८१ श्रावण ३१ गते  

प्रबिन किराती ,सगरमाथापाना

काठमाडौं । अगष्ट २४ काे साँझ हङकङकाे याउ मा तेई हलमा ल्हाे गुरुङ चलचित्र ल्हाे हङकङमा विशेष प्रदर्शन हुने भएकाे छ ।  

पर्वत गुरुङ, विपना गुरुङ लगायतकाे अभिनय रहेकाे फिल्म नेपाल बाहिर पहिलाेपटक प्रदर्शन गर्न लागेकाे आयाेजकले जनाएकाे छ ।

आईतबार फाईभ जी रेष्टुरेन्ट, जाेर्डनमा जानकारी सभामा चलचित्र प्रदर्शन बारे जानकारी गराईएकाे हाे ।

खुस बहादुर गुरुङकाे लेखन तथा निर्देशन र शुभेच्छा फिल्म्स प्राेडक्सन प्रालिकाे प्रस्तुतिमा लेख देव गुरुङ द्वारा निर्मित ल्हाे नेपालका विभिन्न स्थानमा प्रदर्शनपछि हङकङमा प्रदर्शनमा गर्न लागिएकाे हाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै