टिकटकलाई ‘लत लाग्ने डिजाइन’ हटाउन ईयूको चेतावनी, नियम उल्लङ्घनको आरोप – Sagarmathapana:: Online News Portal

टिकटकलाई ‘लत लाग्ने डिजाइन’ हटाउन ईयूको चेतावनी, नियम उल्लङ्घनको आरोप

   २०८२ माघ २५ गते  

एजेन्सी।युरोपेली आयोग (ईयू) ले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई प्रयोगकर्तामा ‘लत’ लाग्ने खालका डिजाइन तथा फिचरहरू परिवर्तन गर्न कडा निर्देशन दिएको छ। आयोगले तोकिएको मापदण्डअनुसार सुधार नगरे डिजिटल सेवा ऐन (Digital Services Act) अन्तर्गत ठूलो जरिवानाको जोखिम रहने चेतावनीसमेत दिएको छ।

आयोगका अनुसार टिकटकले विशेषगरी नाबालिग तथा संवेदनशील वयस्क प्रयोगकर्तामाथि पर्न सक्ने नकारात्मक प्रभावलाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन। अत्यधिक सामग्री निरन्तर देखाउने प्रणाली, स्वचालित रूपमा चलिरहने भिडियो, आक्रामक प्रचारात्मक सूचना तथा अत्यधिक व्यक्तिगत सिफारिस प्रविधिलाई ‘लत बढाउने डिजाइन’का रूपमा चिन्ता व्यक्त गरिएको छ।

ईयूका प्रवक्ता थोमस रेग्नियरले यस्ता डिजाइन डिजिटल सेवा ऐनको सम्भावित उल्लङ्घन भएको उल्लेख गर्दै यसले जोखिम समूहको मानसिक स्वास्थ्य र समग्र कल्याणमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।

यता टिकटकका प्रवक्ताले भने ईयूको निष्कर्ष अस्वीकार गर्दै कम्पनीले प्रयोगकर्ताको सुरक्षा र प्लेटफर्म सुधारका लागि निरन्तर काम गरिरहेको दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै