सिन्धुलीमा गाडी दुर्घटना दुई जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

सिन्धुलीमा गाडी दुर्घटना दुई जनाको मृत्यु

   २०८१ श्रावण ३१ गते  

काठमाडौं -सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।       आज बिहान कमलामाई नगरपालिका वडा २ चियाबारीस्थित सडकमा बोलेरो गाडी दुर्घटनामा परेको हो। बा २० च ८२८३ नम्बरको गाडी गोलन्जरको नाकाजुलीबाट सदरमुकाम जाँदैगर्दा तीव्र गतिका कारण अनियन्त्रित भएर गाडी सडकमै पल्टिएको हो।
दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने मृतक गोलन्जोर गाउँपालिकाका पृथ्वी भुजेल र उदय मगर छन। दुर्घटनाबाट ३ जना गम्भीर घाइते छन् भने डबल्क्याप भित्र सवार यात्रीहरु सामान्य अबस्थामा छ्न। गम्भीर घाइते बिरामीहरुलाई काठमाडौंमा रिफर गर्ने तयारी छ।
अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै