बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ घाइते
बैतडी।बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडामा सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी गरिएको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनापछि उद्धार तथा राहत कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।












