कुलमान घिसिङ विरुद्ध पूर्वडीआईजी रमेश खरेललेअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए
काठमाडौं- पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारमा उजुरी दिएका हुन् ।
कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका छन् । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका छन् ।
कुलमानले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको जिकिर खरेलको छ।
कुलमानले २०७५ र २०७६ को विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पीपीए गरेका थिए । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने रकम गुमाउनुपरेको दाबी गरेका छन् ।
‘












