पेरिसओलम्पिक २०२४ आजवाट अन्त्य
काठमाडौं । पेरिस ओलम्पिकको समापन समारोह उत्तरी पेरिसको स्टेड डे फ्रान्समा हुने भएको छ। ओलम्पिक २०२४ आजवाट अन्त्य हुन लागेको छ ।
आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३-३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक-एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ । चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ ।
अष्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेर चौथो स्थानमा छ ।आयोजक फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्लसे १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित ६२ पदक जितेको छ ।
बेलायत १४ स्वर्ण, २२ रजत र २७ कांस्य गरी ६३ पदक जितेर छैटौं स्थानमा छ ।दक्षिण कोरिया र नेदरल्याण्ड्स समान १३ स्वर्ण जितेर क्रमश: सातौं र आठौं स्थानमा छन् भने १२ स्वर्ण जितेको जर्मनी नवौं र इटली ११ स्वर्णसहित दशौं स्थानमा छ । शीर्ष दशमा एसियाबाट ३, युरोपबाट ५ तथा अमेरिका र अष्ट्रिया छन् ।
दक्षिण एसियाली राष्ट्रमध्ये स्वर्ण जित्ने एक्लो राष्ट्र पाकिस्तान ६३औं स्थानमा छ । पाकिस्तानले पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेको थियो । भारत १ रजत र ५ कांस्यसहित ६ पदक जितेर ७१औं स्थानमा छ । अहिलेसम्म पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये कुल ९१ राष्ट्रले पदक जितेका छन् ।
पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । नेपाली समय अनुसार आज राति १२ः४५ वाट सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।
पेरिस ओलम्पिक सकिएपछि सबैको नजर २८ अगष्टदेखि सुरु हुने पेरिस पारालिम्पिकमा हुनेछ ।












