ग्लोबल टी–२० लिग : रोहितको टोली टोरोन्टो नेसनल्स फाइनलमा
काठमाडौँ । नेपालका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–२० लिगको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको दोस्रो क्वालिफायर खेलमा टोरोन्टो नेसनल्सले ब्राम्प्टन वुल्भ्सलाई पाँच विकेटले हरायो । यस खेलमा रोहितलाई आराम दिइएको थियो । लिगमा बंग्ला टाइगर्सले सुपर ओभर खेल्न नमाने पछि टोरोन्टो दोस्रो क्वालिफायका लागि छनोट भएको थियो ।
वर्षाका कारण इलिमिनेटर खेल हुन नसके पछि सुपर ओभरबाट निर्णय लिने लिगको नियम थियो । तर, बंग्लाले सुपर ओभर खेल्न नमानेपछि टोरोन्टो दोस्रो क्वालिफायरका लागि छनोट भएको थियो । वुल्भ्सले दिएको एक सय ४२ रनको लक्ष्य टोरोन्टोले १८.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।












