प्रधानमन्त्री कार्कीको जोड: विश्वविद्यालय प्राज्ञिक बहसको केन्द्र बन्नुपर्छ
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहस, अनुसन्धान र नवप्रवर्तनको थलोका रूपमा विकास गर्न सबै सरोकारवालाले साझा प्रयास गर्नुपर्ने बताएकी छन्।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले देशको समग्र विकासका लागि शिक्षामा लगानी वृद्धि अपरिहार्य रहेकोमा जोड दिइन्।उनले उच्च शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।


प्रधानमन्त्री कार्कीले विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपमुक्त, गुणस्तरीय र अनुसन्धानमुखी हुनुपर्ने धारणा व्यक्त गर्दै शिक्षक, विद्यार्थी र प्रशासनबीच सहकार्य आवश्यक रहेको बताइन्।शिक्षामा लगानी बढाएर मात्र प्रतिस्पर्धी र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुने उनको भनाइ थियो।
दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई उपाधि प्रदान गरिएको थियो।












