कर नतिर्नेको सुचिमा स्वास्थ्य राज्यमन्त्रीको अस्पताल समेत – Sagarmathapana:: Online News Portal

कर नतिर्नेको सुचिमा स्वास्थ्य राज्यमन्त्रीको अस्पताल समेत

   २०७८ श्रावण २४ गते  

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिनको अल्टिमेटम दिएको छ । राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ ।

कर नतिर्ने सूचीमा काठमाडौं वडा नम्बर १६ बालाजु चोकस्थित जनमैत्री अस्पताल पनि छ । यो अस्पतालमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको समेत लगानी छ ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । सम्पर्कमा नआएका करदाताको सेवा बन्द गर्ने तयारीमा विभाग पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै