नेपाल स्वास्थ्यकर्मी युनियनको २०औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न – Sagarmathapana:: Online News Portal

नेपाल स्वास्थ्यकर्मी युनियनको २०औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

   २०८२ मंसिर २८ गते  

काठमाडौं।नेपाल स्वास्थ्यकर्मी युनियनको २०औँ स्थापना दिवसको पावन अवसरमा रक्तदान कार्यक्रम, अन्तरक्रिया, सम्मान तथा विदाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पेशागत हक, हित र अधिकारको संरक्षणका लागि एकजुट भई आवाज बुलन्द गर्दै आएको ऐतिहासिक स्वास्थ्यकर्मी आन्दोलनका समस्त योद्धाहरूलाई स्मरण गरिएको थियो। साथै, आफ्ना पीडाहरू लुकाएर अहोरात्र नागरिकको सेवामा समर्पित सम्पूर्ण स्वास्थ्यकर्मीप्रति उच्च सम्मान व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षाको प्रत्याभूति, सेवा–सुविधा वृद्धि तथा संगठनात्मक एकतामार्फत अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

स्थापना दिवसको अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद तथा आभार व्यक्त गरिएको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै