अण्डाको भाउ फेरि बड्यो
काठमाण्डौ-अण्डाको भाउ फेरि बढेको छ।नेपाल लेयर्स कुखुरापालक सङ्घले १० दिनअघि मात्रै बढाएको अण्डाको भाउ फेरि भोलि मगलबारदेखि लागू हुने गरी बढाएको छ।
नयाँ मूल्य अनुसार अण्डाको भाउ प्रतिक्रेट २० रुपैयाँ बढेको छ । अब सबैभन्दा ठूलो आकारको अण्डाको भाउ प्रतिक्रेट पाँच सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अण्डाको भाउ प्रतिक्रेट पाँच सय ६५ रुपैयाँ र मध्यम अण्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।
काठमाण्डौका खुद्रा पसलमा अण्डाको भाउ प्रतिगोटा २२ देखि २५ रुपैयाँसम्म पुगेको छ ।
यसअघि मङ्सिर १३ गतेदेखि लागू हुने गरी अण्डाको भाउ बढेको थियो । अण्डाको उत्पादन कम र माग बढी भएकोले भाउ बढाएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जनाएको छ ।
नेपालमा दैनिक झन्डै ४० लाख अण्डा उत्पादन हुने गरेको छ ।












