नेपाली बजारमा भित्रिँदै चेरी कार
SAGARMATHA PANA
२०७८ श्रावण २३ गते
काठमाडौँ। विश्व चर्चित अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा भित्रिँदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सलाई नियुक्त गरेको छ । कम्पनीका अनुसार उक्त गाडी नेपालमा चाँडै नै बिक्रि सुरु हुनेछ ।
चेरी ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलस अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समय देखिेको अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ ।
१९९७ मा स्थापना भएको चेरी ब्रान्ड अटोमोबाइलस कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलो कारले, डिसेम्बर १९९९ मा बजार प्रवेश गरेको हो। हाल चेरी ब्रान्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,००० ट्रान्समिसन उत्पादन क्षमता रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै












