गण्डकी प्रदेशमा पठाओ इन्ड्राइभ विरोधमा सार्वजनिक सवारी सेवा बन्द
काठमाडौं। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड सेयरिङ सम्बन्धी कार्यविधीको विरोधमा सार्वजनिक सवारी सञ्चालकहरूले प्रदेश भर आइतबार यातायात सेवा बन्द गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आफूहरुले राइड सेयरिङको विरोध नगरेको दाबी गरे।
पठाओ, इन्ड्राइभलगायत राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि गण्डकीका सार्वजनिक सवारी सञ्चालकले यातायात सेवा ठप्प पारेका हुन्।
सार्वजनिक सवारी बन्द हुँदा पोखरासहित गण्डकीका ११ वटै जिल्लामा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्।
रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने भन्दै आफूहरुले त्यसको विरोध गरेको उनले बताए।
निजी सवारी साधनको नम्बर प्लेट रातो हुन्छ भने सार्वजनिक सवारीको नम्बर प्लेट कालो हुन्छ। रातो नम्बर प्लेट भएको सवारीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्था छ।
‘हामीले राइड सेयरिङको विरोध गरेको होइन, आजको २१ औं शताब्दीमा आएर राइड शेयरिङको विरोध गर्न सकिँदैन,’ उनले भने, ‘रातो नम्बर प्लेटमा यात्रु बोक्न पाइने भएपछि हामीलाई पनि रातो नम्बर प्लेट बनाइदिनुपर्यो।’
निजी सवारी साधनको नम्बर प्लेट रातो हुन्छ भने सार्वजनिक सवारीको नम्बर प्लेट कालो हुन्छ। रातो नम्बर प्लेट भएको सवारीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्था छ।












