४५ करोड भारुमा अमेजनले किन्यो अक्षयकुमारको ‘बेलबटम’ – Sagarmathapana:: Online News Portal

४५ करोड भारुमा अमेजनले किन्यो अक्षयकुमारको ‘बेलबटम’

   २०७८ श्रावण २३ गते  

 

एजेन्सी । अमेजन प्राइमले अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ओटीटी प्लेटफर्म रिलिजको लागि ४५ करोड भारुमा खरिद गरेको छ । यसअघि ९० करोड भारुमा डील भएपनि भारतीय संचारमाध्यमका अनुसार ओटीटीमा आउने भएपछि उक्त मूल्यमा फिल्मको राइट किनिएको हो ।

अब दक्षिण भारतीय फिल्म मास्टरजस्तै बेलबटम पनि हलमा रिलिज भएको दुई सातामा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्म निर्माता तथा बजार विज्ञ गिरीश जौहरका अनुसार बेलबटम रिलिज हुने बेलासम्म महाराष्ट्र राज्यमा जारी लकडाउनमा केही खुकुलो हुनसक्छ । उनका अनुसार गोवा, महाराष्ट्र र गुजरातका फिल्म हलहरु केही अकुपेन्सीसहित खुल्न सक्छन् । केही ठाउँमा विकेन्डमा फिल्म हल खोल्न रोक लगाइएको अवस्था छ । यसैबीच, निर्देशक रोहित सेठ्ठीले डिजिटल प्लेटफर्ममै फिल्म रिलिज गर्नेबारे नेटफिल्क्ससँग अन्तिम छलफल थालेका छन् । नेटफिल्क्सले थप प्रतीक्षा नगर्ने संकेत दिएपछि रोहितले छलफल चलाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै