गृहमन्त्री ओमप्रकाश अर्यालको चेतावनी :“क्रान्तीकारीलाई आतंककारी नदेखाऊ” – Sagarmathapana:: Online News Portal

गृहमन्त्री ओमप्रकाश अर्यालको चेतावनी :“क्रान्तीकारीलाई आतंककारी नदेखाऊ”

   २०८२ आश्विन ३० गते  

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जनआन्दोलन र क्रान्तिपछि बनेको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठाउने अधिकार कसैलाई नभएको स्पष्ट गरेका छन्।

बुधबार गृह मन्त्रालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारलाई “असंवैधानिक” भन्नेलाई प्रत्यक्ष चेतावनी दिँदै भने,

“क्रान्तीकारीहरूलाई अहिले केहीले आतंककारी देखिरहेका छन्। तर यो सरकार क्रान्तिपछि बनेको हो — हेक्का रहोस्।”

उनका अनुसार, क्रान्तिबाट बनेको सरकारले सुशासनको अभ्यासलाई कमजोर नबनाई बरु संस्थागत गर्ने प्रतिबद्धता लिएको छ।

गृहमन्त्री अर्यालले विगतका केही नेताहरूले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेको आरोप समेत लगाए।

“कतिपय नेताले बर्दीधारीलाई घरमा भान्से बनाएका थिए, पिएसओलाई ड्राइभर बनाएका थिए,”

भन्दै उनले प्रश्न गरे, “त्यो पैसा बचाउनका लागि थियो कि सत्ताको देखावटका लागि?”

उनले अनावश्यक सुरक्षा फिर्ता गरेपछि देशको शान्ति–सुरक्षा कमजोर भएको भन्ने भ्रम फैलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताए।

“शान्ति–सुरक्षामा सरकार गम्भीर छ”

अर्यालले भने,

“सरकार शान्ति र सुरक्षामा गम्भीर छ। यदि कसैलाई वास्तविक खतरा छ भने निवेदन दिनुहोस्, तुरुन्तै जाँच गरी सुरक्षा दिइनेछ।”

“जनआन्दोलनमाथि प्रश्न अपमान हो”

गृहमन्त्री अर्यालले अन्त्यमा भने,

“यो परिवर्तनले देशलाई नयाँ दिशामा लगिरहेको छ। त्यसलाई असंवैधानिक भन्नु स्वयं जनआन्दोलनमाथि अपमान हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै