दीपेन्द्रसिंह ऐरीले बनाए विश्व रेकर्ड: लगातार पाँच खेलमा पाँच रन आउट – Sagarmathapana:: Online News Portal

दीपेन्द्रसिंह ऐरीले बनाए विश्व रेकर्ड: लगातार पाँच खेलमा पाँच रन आउट

   २०८२ आश्विन ३० गते  

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका “टाइगर” उपनामले परिचित दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा अभूतपूर्व कीर्तिमान स्थापित गरेका छन् । ऐरीले लगातार पाँच खेलमा पाँच जना ब्याटरलाई रन आउट गर्दै विश्व रेकर्ड बनाएका हुन्।

आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत कुवेत, जापान, युएई, कतार र ओमानविरुद्धका खेलमा उनले प्रत्येक खेलमा एक–एक रन आउट गर्दै यो कीर्तिमान कायम गरे।

अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यसअघि कुनै पनि खेलाडीले लगातार पाँच खेलमा रन आउट गर्न सकेका थिएनन्। यो उपलब्धिसँगै ऐरीले नेपाल मात्र होइन, विश्व क्रिकेटमा पनि नयाँ मापदण्ड स्थापित गरेका छन्।

नेपालका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका ऐरी हाल टी–२० फर्म्याटमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित खेल प्रदर्शनका कारण चर्चामा छन्।

क्रिकेट विश्लेषकहरूले ऐरीको यो उपलब्धिलाई नेपाल क्रिकेटको गौरवपूर्ण क्षण भन्दै प्रशंसा गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै