जेनजी आन्दोलनका अगुवा शाही ठगीका अभियुक्त, सरकारी कार्यालयमा धम्कीको भिडियो सार्वजनिक – Sagarmathapana:: Online News Portal

जेनजी आन्दोलनका अगुवा शाही ठगीका अभियुक्त, सरकारी कार्यालयमा धम्कीको भिडियो सार्वजनिक

   २०८२ आश्विन २९ गते  

काठमाडौं।जेनजी आन्दोलनका अगुवा भनेर परिचित अर्जुनबहादुर शाहीमाथि ठगी र आपराधिक गतिविधिका गम्भीर आरोपहरू खुलेका छन्। वैदेशिक रोजगारीका नाममा ठगी, चेक बाउन्स र बाख्रा चोरीजस्ता मुद्दामा उनी संलग्न रहेको प्रमाण प्रहरी र पीडितहरूले सार्वजनिक गरेका छन्।

हालै सार्वजनिक भएका भिडियोहरूमा शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) र नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीहरूलाई धम्की दिँदै “राजीनामा नदिए घरबाटै थुनेर लैजाने” चेतावनी दिएको देखिन्छ।

पीडितहरूको भनाइअनुसार, शाही प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा शीतल निवास पुगेपछि अझ सक्रिय बनेका छन् र आफूलाई ‘जनताको प्रतिनिधि’ भन्दै सरकारी निकायमा हस्तक्षेप गर्न थालेका छन्।

प्रहरीका अनुसार, शाहीमाथि दर्ता भएका मुद्दाहरू अझै टुंगोमा पुगेका छैनन्। सम्बन्धित निकायहरूले हालै सार्वजनिक धम्कीका भिडियोहरूको समेत अध्ययन गरिरहेको जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै