नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई बक्यौता तिर्न अल्टिमेटम,नतिरे काटिनेछ बिजुली – Sagarmathapana:: Online News Portal

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई बक्यौता तिर्न अल्टिमेटम,नतिरे काटिनेछ बिजुली

   २०८२ आश्विन २८ गते  

काठमाडौं-नेपाल विद्युत् प्राधिकरण (नेपाअ)ले लामो समयदेखि बिजुलीको बिल नतिर्ने उद्योगहरूलाई बक्यौता रकम तिर्न अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ। प्राधिकरणका अनुसार कार्तिक २ गतेसम्म सम्पूर्ण बक्यौता रकम नतिरे ती उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा जारी सूचना अनुसार, धेरै उद्योगहरूले महिनौँदेखि बिजुली प्रयोग गरे पनि बिल तिरेका छैनन्, जसका कारण प्राधिकरणको आर्थिक सन्तुलनमा असर परेको बताइएको छ।

“हामीले बारम्बार अनुरोध गर्दा पनि केही उद्योगहरूले बक्यौता तिर्ने चासो देखाएनन्। अब तोकिएको म्यादभित्र रकम नतिरे, विद्युत् प्रवाह रोक्नेबाहेक विकल्प छैन,” प्राधिकरणका एक वरिष्ठ अधिकृतले बताएका छन्।

प्राधिकरणले सबै उद्योग र ग्राहकलाई समयमै बिल तिर्न आग्रह गर्दै चेतावनी दिएको छ कि कार्तिक २ गतेपछि कुनै पनि प्रकारको छुट वा समयावधि थप गरिने छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै