इजरायली सेनाले जानकारी गरायो – नेपाली नागरिक विपिन जोशी अब जीवित छैनन् – Sagarmathapana:: Online News Portal

इजरायली सेनाले जानकारी गरायो – नेपाली नागरिक विपिन जोशी अब जीवित छैनन्

   २०८२ आश्विन २७ गते  

काठमाडौं-इजरायली सेनाले नेपालका नागरिक विपिन जोशी जीवित नरहेको पुष्टि गर्दै उनको परिवारलाई जानकारी गराएको छ।

जोशी गत वर्ष हमास आक्रमणका क्रममा बेपत्ता भएका थिए।

इजरायलको आधिकारिक स्रोतका अनुसार, लामो खोजी तथा अनुसन्धानपछि सेनाले जोशी जीवित नरहेको निष्कर्षमा पुगेको हो।

उनको मृत्यु कसरी भयो भन्ने विषयमा थप विवरण भने सार्वजनिक गरिएको छैन।

विपिन जोशी इजरायलमा अध्ययनका क्रममा थिए र हमासद्वारा अपहरणमा परेको आशंका गरिएको थियो।

नेपाल सरकारले पनि घटनापछि निरन्तर समन्वय गर्दै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै