जेरी अन टप’को ट्रेलर सार्वजनिक,अनमोल केसी स्वास्थ्य समस्या कारण अनुपस्थित – Sagarmathapana:: Online News Portal

जेरी अन टप’को ट्रेलर सार्वजनिक,अनमोल केसी स्वास्थ्य समस्या कारण अनुपस्थित

   २०८२ आश्विन २६ गते  

काठमाडौँ।नेपाली चलचित्र ‘जेरी अन टप’ को ट्रेलर शुक्रबार राजधानीमा एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ। अभिनेता अनमोल केसी अभिनीत यो चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोल भने स्वास्थ्य समस्या कारण उपस्थित हुन सकेनन् ।

निर्देशक सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।अनन्या फिल्म्सको ब्यानरमा तयार गरिएको चलचित्रमा अनमोलसँगै आँचल शर्मा,जसिता गुरुङ,भुवन केसी,केदार घिमिरे‘माग्नेबुढा’,सुरक्षा पन्त,र उषा खड्गीको प्रमुख भूमिका रहेको छ।

ट्रेलरमा सगरमाथा आरोहणका दृश्य,हिमाली सौन्दर्य,र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ।अनमोलले यस चलचित्रका लागि विशेष पर्वतारोहण प्रशिक्षण पनि लिएका थिए।दर्शक र फिल्मकर्मीहरूले ट्रेलरमा देखिएको छायांकन,पृष्ठभूमि संगीत,सम्पादन,र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

चलचित्रको ट्रेलरलाई शाहिल खानले सम्पादन गरेका हुन् भने यसले अनमोलको करियरमा नयाँ उचाइ थप्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।

‘जेरी अन टप’ आगामी ३१ असोज, शुक्रबार तिहारको अवसरमा देशभर प्रदर्शनमा आउनेछ।

चलचित्रलाई काठमाडौँ उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसल क्षेत्रमा एफडी कम्पनीले वितरण गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै