हाम्रो लघुकथा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न र नयाँ कार्यसमितिको गठन ।

काठमाडौँ-काठमाडौँको पुतलीसडकस्थित ग्रिनलिफ फुडमा हाम्रो लघुकथा केन्द्र , नेपालको तेस्रो वार्षिक साधारण सभा सन्पन्न भएको छ ।
केन्द्रका अध्यक्ष लता के. सी .को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लघुकथा गान बजाएर कार्यक्रमको सुरु गरिएको थियो ।
कार्यसमितिका सदस्य दामोदर अधिकारीले उपस्थित सबैलाई स्वागत गर्नु भयो ।
कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथि श्रीओम श्रेष्ठ ` रोदन´ले मन्तव्यमा सत्यभित्रको सत्य चिर्दै साहित्यिक विकृतिको बारेमा विचार व्यक्त गर्नु भयो । उक्त सभामा विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी , डा. भरतकुमार भट्टराई ,गङ्गा पौडेल कर्माचार्य , तुलसीहरि कोइराला र नवराज रिजाललर लघुकथाको क्षेत्रमा केन्द्रले पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू र सदस्यहरूलाई मायाको चिनो र आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । अध्यक्ष के. सी. ले कार्यक्रम सफल बनाउन पाल्नु भएका सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
संस्थाका सदस्य वन्दना घिमिरे र सहसचिव पौडेल बिमुन्सले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरण , बन्द सत्रमा सचिव रामराजा के. सी. ले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष सत्या अधिकारले आर्थिक प्रतिवेदन र अध्यक्ष लता. के. सी. ले प्रस्तावना प्रस्तुत गर्नु भएको थियो । सभामा केही महत्वपूर्ण विषयमा छलफल र निर्णयहरू गरिएको थियो ।
२०८० साल असोज १३ गते गठित कार्यसमितिको पदावधि समाप्त भएकोले संस्थालाई गति दिन मन्दिरा चापागाईँको संयोजकत्बमा तामा संस्थाका कानुनी सल्लाहकार शितल सुवेदी र आजीवन सदस्य महेन्द्र नेउपानेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्य समितिको चयन गरेको थियो । जस अनुसार
अध्यक्ष – डा. शेखरकुमार श्रेष्ठ
उपाध्यक्ष – सत्या अधिकारी
सचिव – रामराजा के. सी .
सहसचिव – मिसु श्रेष्ठ
कोषाध्यक्ष – मनीषकुमार शर्मा `समित´
सदस्यहरू –
रमेश सुवेदी
निर्मला बराल
शान्ता तिम्सिना
सुनिता निरौला पौडेल
गङ्गा दाहाल न्यौपाने
वन्दना घिमिरे रहनु भएको छ ।
निर्वाचन समितिले नवगठित समितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेको थियो । समितिले नव निर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराउँदै बधाई र सफलताको लागि शुभकामना व्यक्त गरेको थियो ।