हिलटन होटलको उद्घाटन गरे प्रधानमन्त्री केपी शर्मा ओलीले – Sagarmathapana:: Online News Portal

हिलटन होटलको उद्घाटन गरे प्रधानमन्त्री केपी शर्मा ओलीले

   २०८१ श्रावण १२ गते  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सालमा निर्माण भएको हिलटन होटलको उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच होटलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हिलटन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौंमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिए। “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु”, उनले भने।

उक्त होटल शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा निर्माण गरेको हो। सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन्। अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ। हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै