प्रेम र अविश्वासबीचको कथा“शंका गर्ने बानी”शुक्रबार सार्वजनिक हुँदै

काठमाडौं।देश–विदेशका नेपाली दर्शक तथा श्रोताका लागि नयाँ गीत “शंका गर्ने बानी” आउँदो शुक्रबार बेलुकी सार्वजनिक हुँदैछ। यस गीतलाई सुबास गुरुङ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।
गीतले विशेषगरी प्रेमी–प्रेमिका र दाम्पत्य सम्बन्धभित्र उत्पन्न हुने अविश्वास, भावनात्मक दूरी र त्यसबाट जन्मिने पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ। भावनात्मक कथा र मार्मिक दृश्यावलोकन यस गीतको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।
गीतमा तेज गिरी, शुसिला थापा र प्रगल्भ न्यौपानेले मोडलिङ गरेका छन् भने स्वर लोकप्रिय गायिका अन्जु पन्तको रहेको छ।
शब्द र रचना सुबास गुरुङ (गणेश)को हो भने संगीत रामकुमार गुरुङ (आरके)ले काम गरेका छन्। गीतको एरेन्ज साहस शाक्यले गरेका हुन्।
रेकर्डिङ र मिक्सिङ सन्तोष पौडेल (अलंकार रेकर्डस्)ले सम्पादन गरेका छन्।
मेकअप गीतान्जली योगी, प्रोडक्सन मेनेजर सुमन भट्टराई, सिनेमाटोग्राफी योडिन योन्जन, र पोस्ट–प्रोडक्सन आरसु फिल्मस्को रहेको छ।
गीतको निर्देशन राजेन्द्र खड्काले गरेका छन्।
क्लाइम्याक्स आर्टको प्रस्तुति रहेको “शंका गर्ने बानी” गीतले प्रेम, विश्वास र शंका बीचको संघर्षलाई भावनात्मक कथा शैलीमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मनछुने अपेक्षा गरिएको छ।