पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकसहित पाँच जनामाथि देश छोड्न रोक – Sagarmathapana:: Online News Portal

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकसहित पाँच जनामाथि देश छोड्न रोक

   २०८२ आश्विन २१ गते  

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई काठमाडौं बाहिर जान र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जान प्रतिबन्ध लगाइएको छ।

स्रोतका अनुसार, सरकारले उनीहरूविरुद्ध जारी अनुसन्धानका कारण इमिग्रेशन विभागमार्फत ‘ट्राभल ब्यान’ जारी गरेको हो। यस निर्णयपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन नदिइनेछ।

प्रतिबन्धमा परेकाहरूको नाम आधिकारिक रूपमा सार्वजनिक नगरिए पनि, सरकारले “गम्भीर प्रकृतिको मुद्दा” भनेर व्याख्या गरेको बताइएको छ। हाल उनीहरूलाई प्रशासनिक रूपमा निगरानीमा राखिएको र अनुसन्धान टोलीले थप विवरण संकलन गरिरहेको छ।

यसबीच, एमालेका निकट स्रोतले यो निर्णयलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै विरोध जनाएको छ। पार्टीले यसबारे औपचारिक प्रतिक्रिया तयारीमा रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै