बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा – Sagarmathapana:: Online News Portal

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

   २०७८ श्रावण २३ गते  

 

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो । आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै