विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण शुरु – Sagarmathapana:: Online News Portal

विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण शुरु

   २०८१ श्रावण १० गते  

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताए । डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनले जानकारी दिएका छन् ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । । उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उनले जानकारी दिए ।

हिजो बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो । विमानका पाइलट मनिष शाक्य घाइते भएका छन् । उनको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विमान दुर्घटनाको शोकमा आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै