अनुषा राईको अभिनयमा ‘च्याब्रुङको तालैमा’ गीत सार्वजनिक
काठमाडौँ।गायिका सुनिता थेगिम र गायक नोगेन लिम्बुको स्वरमा रहेको गीत ‘च्याब्रुङको तालैमा’ भिडियो सहित सार्वजनिक भएको छ। लिम्बु संस्कृतिमा विशेष महत्व राख्ने च्याब्रुङलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा विष्णु किराँतीको शब्द र अनील कोयीराइको संगीत रहेको छ।
भिडियोको निर्देशन किरण राईले गरेका छन् भने छायांकन दिलिप थाम्सुहंग लिम्बु र सम्पादन निर्देशक स्वयं किरण राईकै हो।
सार्वजनिक भिडियोमा मोडेल अनुषा राईसँगै सरोज खालिंग राई, सागर केरुङ, निशान लुइंटेल, समिर जाबेगु, तुलषा लिम्बु, ससिता राई र सरिता हंस्रुम्बाले दमदार अभिनय प्रस्तुत गरेका छन्। भिडियो नोगेन हंस्रुम्बा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।












