मुगु जिल्लाका बासिन्दाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए – Sagarmathapana:: Online News Portal

मुगु जिल्लाका बासिन्दाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

   २०८२ भाद्र ११ गते  

काठमाडौं।मुगु जिल्लाको खत्याड गाउँपालिका हुँदै सदरमुकाम जोड्ने सडक निर्माण कार्य तत्काल अगाडि बढाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।

स्थानीयवासीको पीडा र समस्या बुझ्दै मुगु जिल्ला रा स्व पा उपसभापति मनोज कुमार शाहीले खत्याडबासीको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।



ज्ञापनपत्रमा खत्याड गाउँपालिकाको विकासदेखि स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका आधारभूत आवश्यकतामा सडक अभावले गम्भीर असर पारेको उल्लेख गरिएको छ। हालसम्म राष्ट्रिय निकुञ्जको नाममा सडक निर्माण रोकिएपछि स्थानीय जनताले दुर्गम यात्रा गर्न बाध्य भई सास्ती व्यहोर्नु परेको गुनासो राखिएको छ।

ज्ञापनपत्रमार्फत चार बुँदे माग राखिएको छः

  1. खत्याड गाउँपालिका हुँदै सदरमुकामसम्मको सडक निर्माण कार्य तत्काल शुरु गर्नुपर्ने।
  2. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रिया छिटो टुंग्याउनुपर्ने।
  3. स्थानीय जनताको सुरक्षाका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयन गर्नुपर्ने।
  4. यसलाई उच्च प्राथमिकतामा राखी सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने।

शाहीले खत्याडबासीको दुःख पीडा बुझ्दै सडक निर्माणले मात्र सदरमुकामसम्म सहज आवागमन हुने र स्थानीयको दैनन्दिन जीवनस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै