बर्दियामा तीज विशेष कार्यक्रम, पूर्वमन्त्री अब्दुल खाँन प्रमुख अतिथि
बर्दिया।बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ सितलाबजार बजार व्यवस्थापन समितिद्वारा आयोजित “हरितालिका तीज विशेष कार्यक्रम तथा मेला २०८२” भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री तथा जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष माननीय अब्दुल खाँन प्रमुख आतिथ्यका रूपमा सहभागी भएका थिए।


कार्यक्रममा सम्बोधन गर्दै नेता खाँनले हरितालिका तीजले संस्कार र संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै यस पर्वले महिलाहरूलाई आपसी दुःखसुख बाँड्ने अवसर प्रदान गर्ने उल्लेख गरे। उनले बर्दियावासी तथा सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तीज पर्वले खुशी, उमंग र एकताको भावना ल्याओस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा बर्दियाली जनताले प्रमुख अतिथि खाँनलाई भव्य स्वागत गरेका थिए।












