काठमाडौंमा विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन – Sagarmathapana:: Online News Portal

काठमाडौंमा विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन

   २०८२ भाद्र ५ गते  

काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले काठमाडौंमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्।

बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा रहेको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन समारोह दिउँसो २ बजे सम्पन्न भएको कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत सम्बोधन गरेका थिए।

भण्डारीले यसअघि सन् १९९४ (२०५१ साल) को आमनिर्वाचन प्रचार प्रसारका लागि यही घर प्रयोग गरेकी थिइन्। अब भने सोही स्थानलाई औपचारिक सम्पर्क कार्यालयका रूपमा उपयोग गर्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै