रवीन्द्र ढाँटको ऐतिहासिक जितमा प्रधानमन्त्री ओलीको बधाई – Sagarmathapana:: Online News Portal

रवीन्द्र ढाँटको ऐतिहासिक जितमा प्रधानमन्त्री ओलीको बधाई

   २०८२ श्रावण १८ गते  

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका मिक्स्ड मार्सल आर्ट (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई म्याट्रिक्स फाइट नाइट (एमएफए १७) को बान्टमवेट च्याम्पियन बन्न सफल भएकोमा हार्दिक बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, “भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।”

भारतको नोएडामा गए राति सम्पन्न प्रतियोगितामा ढाँटले टाइटल डिफेन्डर चोङ्गरेङ्ग कोरेनलाई हराउँदै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेका हुन्। यो जीतसँगै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइटको इतिहासमै नेपालबाट उपाधि जित्ने पहिलो फाइटर बनेका छन्।

रवीन्द्रको यो उपलब्धिले नेपालको खेल क्षेत्रमा मात्र होइन, सम्पूर्ण युवा पुस्तालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न हौसला प्रदान गरेको प्रधानमन्त्रीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै