नेपाल थारू संघ काठमाडौंको अध्यक्षमा राजिव चौधरी सर्वसम्मत निर्वाचित – Sagarmathapana:: Online News Portal

नेपाल थारू संघ काठमाडौंको अध्यक्षमा राजिव चौधरी सर्वसम्मत निर्वाचित

   २०८२ श्रावण १७ गते  

काठमाडौं–नेपाल थारू संघ काठमाडौं जिल्लाको अध्यक्षमा राजिव चौधरी सर्वसम्मतरूपमा निर्वाचित भएका छन्। बुधबार काठमाडौंमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।

संघको उपाध्यक्षमा प्रीति चौधरी, सचिवमा सतीश चौधरी, सह–सचिवमा मुना चौधरी तथा कोषाध्यक्षमा रामबाबु पनुहर चौधरी सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा सुमिना चौधरी, रञ्जना चौधरी, पूजा चौधरी, रमिका चौधरी, सृष्टि चौधरी, जोनिस चौधरी, सीमा चौधरी र सुजित चौधरी निर्वाचित भएका छन्। साथै, छन्नुप्रसाद चौधरी, प्रियंका चौधरी, श्रवण कुमार चौधरी, आयुस चौधरी, विकल्प थारू, सुदीप चौधरी, कल्पना चौधरी र रामदेव चौधरी पनि संघको सदस्यमा निर्वाचित भएका छन्।

अध्यक्षको सिफारिसमा रेनुका चौधरी र मन्दिरा चौधरीलाई मनोनीत सदस्यको रूपमा चयन गरिएको छ।


अधिवेशनमा नेपाली कांग्रेस महाधिवेशन निर्देशक समिति संयोजक उदयशमशेर राणाले थारू समुदाय अब देशभरबाट जाग्नुपर्ने समय आएको बताए। “थारूहरु तराईका इमानदार किसान र परिश्रमी समुदाय हुन्,” उनले भने, “उनीहरूको सामाजिक र राजनीतिक सहभागिता अझ व्यापक बनाउन आवश्यक छ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले थारू समुदायको अधिकारका पक्षमा सदनदेखि सडकसम्म कांग्रेसले निरन्तर साथ दिँदै आएको बताए।

नवनिर्वाचित अध्यक्ष राजिव चौधरीले युवाहरूको चेतना अभिवृद्धिमा जोड दिने प्रतिवद्धता व्यक्त गरे। उनले भने, “अब हामीले युवामाझ चेतनाको दीप बाल्नुपर्छ। थारू समुदायको हक–अधिकारका विषयमा आवाज उठाउन सक्ने नयाँ पुस्ताको खाँचो छ।”

समारोहमा नेपाल थारू संघका केन्द्रीय अध्यक्ष शिवकुमार गुरौं, निर्वाचन समिति संयोजक महेश्वर प्रसाद चौधरी र ललिता चौधरीले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र र अबिर लगाई बधाई तथा शुभकामना दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै