अवैध रुपमा सुनको कारोबार गर्ने तीन भारतीय पक्राउ – Sagarmathapana:: Online News Portal

अवैध रुपमा सुनको कारोबार गर्ने तीन भारतीय पक्राउ

   २०७८ श्रावण २१ गते  

काठमाडौं। अवैध सुनको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतको राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठेगाना भएका २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन्।

उनीहरु बुधवार काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामगंलस्थित मिचेया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट पक्राउ परेका हुन्। कोठामा खानतलासी गर्दा कालो रङको सुटकेश भित्रबाट सिल्भर रंगको पोलिस गरिएको सुन प्रहरीले फेला पारेको थियो।

सो सुटकेशबाट प्रहरीले सुनको रोल ८ थान, सुनको टुक्रा २ थान, सुनको बिस्कुट आकारको पाता १ थान गरी १ किलो ८६६ ग्रामको सुन बरामद गरेका छ। सिल्भर रंगको पोलिस गरिएको धातु घोटेर हेर्दा सुन भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट १ लाख ५ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै