२० वर्ष पुरानो सवारी साधन सहि कन्डिसनमा भए चलाउन पाइने
काठमाडौँ। संसदको विकास तथा प्रविधि समितिले राम्रो अवस्थामा रहेका २० वर्ष पुराना सवारी साधान सञ्चालन गर्न दिन निर्देशन दिएको छ । बुधबार समितिको कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र यातायात विभागमा महानिर्देशक नमराज घिमिरे सहितको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिले यान्त्रिक परिक्षणमा ठीक रहेका सवारी साधनलाई विस्थापित नगर्न भनेको हो ।
समिति सभापति कल्याणी खड्काले २० वर्ष भन्दा बढी चलेका सार्वजनिक सवारी साधनहरु विस्थापित गर्ने सरकारको व्यवस्थाप्रति सवारी धनीहरुको प्रशस्त गुनासो आएको भन्दै त्यस्ता सवारी साधन चलाउन यान्त्रिक परीक्षणबाट उपयुक्त ठहरेमा सवारी साधान चलाउन अनुमति दिने कुरामा बिचार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागलाई निर्देशन दिएकी हुन् ।












