इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड केल्मी नेपाललाई
काठमाडौं। केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ।केल्मीले २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित एक विशेष समारोहमा सम्मान गरेको हो। केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रवन्ध निर्देशक उत्तम न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका हुन्।
केल्मीको मुख्यालयमा आयोजित २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका प्रतिनिधीहरु उपस्थित भएका थिए। पुरस्कार ग्रहण पछि प्रवन्ध निर्देशक उत्तम न्यौपानेले भने, ‘ यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ। हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोट्र्सवेयर उपलब्ध गराउन प्रतिबद्ध छौं। हाम्रा ग्राहकहरू, साझेदारहरू र खेलप्रेमीहरूको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पु¥याएको छ। हामी आगामी दिनहरूमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिनेनै छौं।’
नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ र नवीन उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए।












