युएईले १२० जना नेपालीलाई आममाफी दियो – Sagarmathapana:: Online News Portal

युएईले १२० जना नेपालीलाई आममाफी दियो

   २०८२ असार ३२ गते  

सूर्य बहादुर खवास 
अबुधाबी,
युएई – संयुक्त अरब इमिरेट्स (युएई)ले विभिन्न अपराधमा जेल
परेका १२० जना नेपालीलाई आममाफी दिएका छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद अल-अदाहको अवसरमा युएई सरकारले जेलमा रहेका १२० जना नेपालीलाई आममाफी दिएको हो।

युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको आज

एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । दूतावासले विज्ञप्ति मार्फत  युएई सरकारलाई धन्यवाद समेत दिएको छ।

वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर कैद सजाय भोग्दै आएकाछन। 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै